चलचित्र लब जोनको दोश्रो गीत “ट्याटु खोपन” सार्वजनिक

सफल खबर संवाददाता

शुक्रबार, १५ चैत्र २०७५, १७ : ००
चलचित्र लब जोनको दोश्रो गीत “ट्याटु खोपन” सार्वजनिक

काठमाडौं । बिजि बर्माको ब्यानरमा ओम बा कार्कीले निमार्ण गरेको नेपाली कथानक चलचित्र लवजोन को दोस्रो गीत सार्वजनिक गरिएको छ । गायीका नित्याशिवाको आवाजमा रहेको “ट्याटु खोपन” ओएस आर डिजिटलमार्फत रिलिज भएको छ ।

आफ्ना प्याराको लागि दिलमा नाम लेख्नको लागि आफू तयार रहेको गायीकाले आग्रह गरेकी छन् । आफ्ना सपनाको राजकुमारलाई आफ्नो जीवनमा सजाउनको लागि गायीका निकै आतुर भएकी छन् ।
एस के अधिकारीको शब्द तथा बबुल गिरीको संगीत र एरेन्जमा गीत तयार गरिएको छ । राजन महर्जनको नृत्य, विक्रम कार्कीको छायांकन र शंकर अधिकारी घायलको लेखन र निर्देशन तथा मिडिया कोर्डिनेटर रोशन पोखरेलले गरेका छन् । गीतको भिडियोमा सुश्मा थिङ र राजु श्रेष्ठ लाई फिचरिङ गरिएको रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस