प्रहरीले विप्लव समूहको कार्यालय भवन डोजर लगाएर भत्काउँदै

सफल खबर संवाददाता

शुक्रबार, १५ चैत्र २०७५, १६ : २६
प्रहरीले विप्लव समूहको कार्यालय भवन डोजर लगाएर भत्काउँदै

रुपेन्देही । बुटवलको पाल्पारोडस्थित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यालय प्रहरीले डोजर लगाएर भत्काएको छ । 

नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुले केही दिन अगाडि सो कार्यालयमा ताला लगाएर पार्टीसँग सम्बन्धित सबै सामानहरु कब्जामा लिएका थिए । प्रहरीले सो पार्टीलाई राष्ट्रिय वाणिज्य बैंकको भवन कब्जा गरेर प्रयोग गर्दै आएको आरोप लगाएको छ । रातो रङ्गको उक्त दुईतले भवन विगत १३ बर्षदेखि पार्टी कार्यालयको रुपमा प्रयोगमा आएको थियो । 

सुरुमा तत्कालीन नेकपा (माओवादी)को कार्यालय रहेको सो भवनलाई केही समय वैद्य नेतृत्वको माओवादीले समेत उपयोगमा ल्याएको थियो । त्यसपछि विप्लव नेतृत्वको नेकपाले सो भवनलाई कार्यालयको रुपमा सञ्चालनमा ल्याएको थियो । 
उक्त भवन अहिले डोजर लगाएर भत्काउँदै गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्लले जानकारी दिए । 
 

प्रतिक्रिया दिनुहोस