महालक्ष्मी विकास बैँकको दुई शाखा विस्तार

सफल खबर संवाददाता

विहीबार, १४ चैत्र २०७५, १४ : १५
महालक्ष्मी विकास बैँकको दुई शाखा विस्तार

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आज (चैत्र १४) गतेदेखि काठमाडौँमा दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौँ महानगरपालिका १५ स्थित डल्लुमा तथा वडा नम्बर ६ स्थित तीनचुलीमा शाखा विस्तार गरेको हो । यी शाखाहरु सञ्चालनमा आएपछि यस बैंकको कुल शाखा संख्या ९२ पुगेको छ । 

बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्य बमोजिम बैंकले शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ । बैंकले शाखाकार्यालय सञ्चालनमा ल्याएका क्षेत्रहरुका व्यावसायीक कारोबार अन्र्तगतका कृषि, उर्जा, पर्यटन, लघु उद्यम क्षेत्रमा कर्जा प्रवाह गरी नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउन निरन्तर प्रयासरत रहने प्रतिबद्धता जनाएको छ ।


 

प्रतिक्रिया दिनुहोस