चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चैते दशैंको अवसरमा हरेक वर्ष लाग्ने विक्रम बाबा मेला चैत्र २२ गतेदेखि सुरु हुने भएको छ । मेला १५ दिनसम्म चल्ने छ ।
विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज भित्रका आकर्षक पर्यटकीय स्थल तथा बन्यजन्तुहरुको अवलोकन गर्न समेत सकिने हुँदा मेला भर्न आउनेहरुको संख्या बढ्दै गइरहेको छ ।
विक्रम बाबाको पूजा व्यवस्थापनलाई लिएर राष्ट्रिय निकुञ्ज विभाग, पूजा व्यवस्थापन, मेला आयोजक, स्थानीय निकाय, सुरक्षा निकाय तथा सरोकारवालाहरुबीच भएको छलफल उक्त मिति तय गरेको हो ।
विक्रम बाबा परापुर्व कालदेखि थारु जाति पुजा गर्ने भएपनि पछिल्लो समय अन्य जातजातीहरुको साथै पूजा गर्न देशभरबाट हजारौ भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । छिमेकी मुलुक भारतबाट समेत बिक्रम बाबा दर्शनका लागि भक्तजन आउने गर्छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ चैत्र २०७५, १३ : ५८
लेखकबाट थप