बौद्धमार्गीको मृत्यु संस्कारमा एकरुपता ल्याउन देशव्यापी अभियान, कपाल खौरीन र नुन तेल बार्नु पर्दैन

सफल खबर संवाददाता

विहीबार, १४ चैत्र २०७५, १३ : १०
बौद्धमार्गीको मृत्यु संस्कारमा एकरुपता ल्याउन देशव्यापी अभियान, कपाल खौरीन र नुन तेल बार्नु पर्दैन

चितवन । बौद्धमार्गी समुदायमा मृत्यु संस्कारमा गरीने कर्मकाण्डलाई एकरुपता ल्याउन तमु गुरुङ बौद्ध धर्म समाज केन्द्रीय समितिले देशव्यापी अभियान सञ्चालन गरेको छ । चैत्र १० गत्ते लम्जुङबाट सुरु भएको अभियान गोरखाहुँदै वुधवार चितवनमा आईपुगेर कार्यक्रम गरेको छ । समितिले चितवनका सरोकारवालाबीच अन्तक्रिया तथा प्रवचन कार्यक्रम गरेको हो । 

समितिका अध्यक्ष डा खेन्पो सिर लामा गुरुङले बौदमार्गीमा स्थान अनुसार फरक फरक विधिवाट कर्मकाण्ड गरीदा विविधता रहेकाले त्यसलाई एकरुपता ल्याउन अभियान सञ्चालन गरीएको बताए । बौद्ध मार्गीहरुले आफन्तको मृत्युपछि कपाल खौरनु नपर्ने, नुन तेल बार्नु नपर्ने खेन्पो लामाले प्रष्ट पारेका छन । पछिल्ला समय स्वयम केहि लामा तथा केहि व्यक्तिहरुले कपाल खौरीने, नुन तेल बार्नुपर्ने भन्ने गरेको भन्दै खेन्पो लामाले बौद्ध धर्मका अनुयाहीहरुले त्यसो नगर्न आग्रह गरे । 

यो अभियानपछि अन्यौलता हटेर एकरुपता आउने समितिका क्षेत्रीय सचिव हितमान गुरुङले विश्वास व्यक्त गरेका छन । तमु गुरुङ बौद्ध धर्म समाज जिल्ला समिति चितवनको व्यवस्थापनमा तिनखोले गुम्बामा भएको कार्यक्रममा जिल्लाका लामा गुरु, विभिन्न बौधधर्मसँग सम्बन्धीत संघ संस्था तथा सरोकारवाला पक्षको उपस्थिति रहेको थियो । 

जिल्लाका बौदमार्गीहरुमा अपनाईने कर्मकाण्डबारे रहेका द्धविधा अव हटेर जाने तिनखोले गुम्बा व्यवस्थापन समितिका अध्यक्ष इमान बहादुर गुरुङको भनाई छ । अभियान नवलपुर हुँदै पुर्वका विभिन्न जिल्लामा कार्यक्रम गर्ने र दार्जीलिङसम्म पुगेर पुन यहि चैत्र २३ गत्ते पाँचथरको रानिटारमा कार्यक्रम गर्दै समापन हुने समितिले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस