काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले यहि चैत्र १६ गतेका लागि आव्हान गरेको नेपाल बन्द फिर्ता लिएको छ । पार्टीका महासचिव विप्लवले सोमबार मात्रै एक विज्ञप्ति जारी गर्दै चरणबद्व संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेका थिए ।
सरकारी प्रतिबन्ध र दमनका बिरुद्ध नेकपाले नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।
यसअघि नेपाल बार एसोसिएसनले चैत्र १६ गतेका लागि आव्हान गरिएको नेपाल बन्द फिर्ता लिन नेपाल कम्युनिष्ट पार्टीसँग आग्रह गरेको थियो ।
मंगलबार एसोसिएसनले नेकपालाई बन्द फिर्ता लिन भन्दै एक पत्र समेत काटेको थियो । एसोसिएसनका महासचिव अधिवक्ता खम्मबहादुर खातीद्वारा जारी विज्ञप्तिमा बन्द फिर्ता लिन आग्रह गरेको छ ।
राजनीतिक समस्यालाई राजनीतिक तरिकाले नै समाधान खोजिनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ चैत्र २०७५, २० : १८
लेखकबाट थप