भरतपुर । नारायणी बराह ज्वेलरी इण्डष्ट्री प्रालिले जिल्ला ट्राफिक कार्यालय भरतपुरलाई एउटा बे्रथ लाइजर (मापासे जाँच गर्ने) हस्तान्तरण गरेको छ ।
नारायणी बराहज्वेलरी चितवनका प्रमुख शरण लामिछानेले आज ट्राफिक कार्यालय चितवनका प्रमुख चन्द्रकुमार गिरीलाई ब्रेथ लाइजर हस्तान्तरण गर्नुभएको थियो । एक लाख १८ हजार मूल्य बराबरको ब्रेथ लाइजर हस्तान्तरण गरेको प्रमुख लामिछानेले बताउनुभयो । नारायणी बराह ज्वेलर्सको देशभर ३५ वटा शाखा रहेको छ । प्रमुख लामिछानेले नारायणी बराहले व्यवसायका अलवा सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ चैत्र २०७५, १९ : ११
लेखकबाट थप