अख्तियारका तत्कालिन आयुक्त पाठकविरुद्व भ्रष्टाचार मुद्दा दायर

सफल खबर संवाददाता

मंगलबार, १२ चैत्र २०७५, १९ : ००
अख्तियारका तत्कालिन आयुक्त पाठकविरुद्व भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकविरुद्व विशेष अदालतमा मुद्दा दायर भएको छ । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेसँग ७८ लाख रुपैयाँ घूस लिने पाठकविरुद्ध मंगलबार भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । 
अख्तियारका प्रवक्ता प्रदिप कुमार कोइरालाका अनुसार आयुक्त पाठक र घुस दिने नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेविरुद्व विशेष अदालतमा मुद्दा दायर भएको हो । न्यौपानेलाई प्रतिवादी बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस