फेरि बढ्यो इन्धनको मूल्य

बुधबार, ०३ माघ २०७४, २० : ११
फेरि बढ्यो इन्धनको मूल्य

काठमाडौं  ।  नेपाल आयल निगमले इन्धनको मूलय फेरि बढाएको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको भन्दै बुधबार पेट्रोल, डिजेल र मटि्टतेलमा मूल्यवृद्धि गरेको हो ।

आज बुधबार राती १२ बजेबाट लागू हुने गरी पेट्रोलमा एक रुपैंयाँ मूल्य बद्धि भएको छ भने, डिजेल र मटितेलमा २ / २ रुपैंयाँ मूल्य बद्धि भएको छ ।  
अब पेट्रोलाई १ सय ३ रुपैंया तथा डिजेल र मटितेललाई एकलिटरको ८१/ ८१ रुपैंयाँ पर्नेछ । यसअघि पुस १७ गते मूल्य बृद्धि भएको थियो ।

अन्तराष्ट्रिय बजारमा तेलको मूल्यबृद्धि भएकोले बढाउनुपरेको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस