लालपुर्जा बिहिन नागरिकहरू संग प्रचण्ड

शनिबार, २५ कार्तिक २०७४, ०९ : ४७
लालपुर्जा बिहिन नागरिकहरू संग प्रचण्ड

शिबनगर,चितवन । पस्चिम चितवनका बर्षौ देखि बसोबास गर्दै आयका लालपूर्जा बिहिन सुकुम्बासी हरूको पक्षमामाओवादी केन्द्र मात्र रहेको बताउदै अब बन्ने बाम गठबन्धनको बलियो सरकारले यि समस्या समाधान गरिछाड्ने माओवादी केन्द्रका अध्यक्ष तथा तथा चितवन निर्वाचन क्षेत्र न ३ का उम्मेद्वार पुस्पकमल दाहाल प्रचण्डले बताउनुभयो ।

" मै पुस्पकमल दाहाल हु तपाइहरू लाइ ३६ सालमा जग्गा बितरण गर्ने तेसको अगुवाइ गर्ने ,मलाइ थाहा छ तपाइहरूले जग्गाधनी पूर्जा पाउनुभयको छैन ,अब ढुक्क हुनुस् तपाइहरूले पूर्जा पाउनुहुन्छ ।"

सुकुम्बासीहरूलाइ जग्गा ,शिक्षा ,स्वास्थ्य ,र रोजगारी को उचित ब्यावस्थाकालागी यस पटक बामपन्थीहरूको बहुमतको सरकार आवस्यक पर्ने भन्दै तेसकालागी सम्पुर्ण बाम गठबन्धका उम्मेद्वारहरूलाइ मतदान गरी बिजयी गराउन आग्रह गर्नुभयो ।

२०४१ सालदेखी भरतपुर महानगरपालिका वडा न १४ सुन्दरबस्ति मा बस्दै आउनुभयका किरण पौडेलले सुकुम्बासी ,भूमिहिन किसानहरूको माग बामगठबन्धन ले सम्बोधन गर्नुपर्ने बताउदै प्रचन्ड जिताउ अभियानमा सम्पुर्ण सुकुम्बासी ,भूमिहिन ,किसानहरू एक ढिक्का भयर लागिपर्ने बताउनुभयो । भनपा १४ कै राम रिजालले भूमिहिन नागरिकहरूलाइ राज्य र समाजले बिभेद गर्नेगरेको गुनासो गर्दै अध्यक्ष प्रचन्ड समक्ष सबैखाले बिभेदको अन्त्य हुने ब्यावस्था मिलाइदिन आग्रह गरेका थिए ।

भिमसेननगरका लालपूर्जा बिहिन भिमलाल बिकले जग्गा धनी पूर्जासहित गास बास कपाक्ष ,स्वास्थ्य ,शिक्षा र रोजगार्को ब्यावस्था प्रचण्डको बिजयले मात्र सम्भब हुने हामी भूमिहिन सुकुम्बासीहरूको बिस्वास रहेको बताउनुभयो ।

पार्बतिपूर गौचरनकी कुमारी गुरूडंले बिगतमा काग्रेस ,राप्रपाका नेताहरूले लालपूर्जा दिन्छुभनेर ढाटेको बताउदै पुस्पकमल दाहाल प्रचन्ड संग हामी सुकुम्बालीहरूको ठूलो आसा र भरोसा रहेको बताइन् ।
सुकम्बासी बस्ती पारिलोटाहारका धन बहादुर गुरूडंले यसपटक प्रचन्डलाइ जिताउन यस भेकका सुकुम्बासी सबै एकजुट भयको बताउदै अव बन्ने सरकारले भूमिहिन ,लालपूर्जा बिहिन नागरिकहरूको समस्या समाधान हुनैपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस