काठमाडौं । नेपाली श्रमिकलाई जापान लैजाने विषयमा नेपाल र जापानबीच सोमबार कामदारको क्षेत्रमा सहकार्यको समझदारी (एमओसी)मा हस्ताक्षर हुने भएको छ । समझदारी पत्रमा हस्ताक्षर गरिएपछि आगामी १ अप्रिलदेखि नेपाली कामदार जापान लैजाने विषयमा प्रक्रिया अघि बढ्ने छ ।
नयाँ प्रक्रिया र संरचनाअनुसार श्रम सम्झादारी गरेर कामदार रोजगारीमा पठाउन गरी हस्ताक्षर हुन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा वैदेशिक रोजगार शाखा प्रमुख डा. रामप्रसाद घिमिरेले जानकारी दिए ।
श्रम मन्त्रालयले सरकारले रोजगारीका लागि नेपाली कामदारलाई जुनसुकै देश पठाउँदा सरकारीस्तरमा श्रम समझदारी गरेर मात्र पठाउने योजना लिएको श्रम मन्त्रालयका सहसचिव डा घिमिरेले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० चैत्र २०७५, २० : १०
लेखकबाट थप