महालक्ष्मी विकास बैंक र एभरेष्ट इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

सफल खबर संवाददाता

आइतबार, १० चैत्र २०७५, १९ : २५
महालक्ष्मी विकास बैंक र एभरेष्ट इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच आइबार बंैकासुरेन्स सम्झौता भएको छ ।
सम्झौतापत्रमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गर्नु भएको छ ।
यस किसिमको सम्झौताबाट महालक्ष्मी विकास बैंकका ग्राहकहरुले बैंकको सम्पूर्ण शाखाहरु मार्फत सरल, सुलभ र उत्कृष्ट सेवासहित उक्त इन्स्योरेन्स कम्पनीको विभिन्न निर्जिवन बीमालेखहरु प्राप्त गर्न, बिमा शुल्क भुक्तानी गर्न, तथा बिमा दाबी भुक्तानी सहजै रुपमा प्राप्त गर्न सक्ने महालक्ष्मी विकास बैंक लिमिटेडले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस