राजतन्त्र भनेर धेरै फट्याक फुटुक नगर्न प्रधानमन्त्रीको चेतावनी

सफल खबर संवाददाता

आइतबार, १० चैत्र २०७५, १७ : १९
राजतन्त्र भनेर धेरै फट्याक फुटुक नगर्न प्रधानमन्त्रीको चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र भनेर धेरै फट्याक फुटुक नगर्न चेतावनी दिएका छन् । 

आइतबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भने, ‘यो गणतन्त्र रगत बगाएर ल्याएको हो, भिक्षामा पाइएको होइन, गाई कि त्रिशुल खेलेको होइन । राजतन्त्र राजतन्त्र भनेर धेरै पट्याक फुटुक नगर्दा हुन्छ ।’

प्रधानमन्त्री ओलीले कसैले फालिएको राजतन्त्रको बारेमा आजै जनमत संग्रह गरौं भनेर जोगीले जसरी ‘फेरी’ लगाएर हिँडेको दावी गरे । 

उनले भने– ‘२ सय ५० बर्ष गोरखाका घलेहरुले दगुरेर राज्य पाउने व्यवस्था गरेका थिए । अहिलेको समयमा ‘फेरी’ लगाएर राज्य पाइन्छ । कतिपयलाई यो निरङकुशतन्त्र लाग्न सक्ला । लोकतन्त्रमा राजतन्त्र माग्ने अनि यसलाई निरङ्कुशतन्त्र भन्ने ?’ 


 

प्रतिक्रिया दिनुहोस