पानामा सिटी । पानामाका पूर्व राष्ट्रपति रिकार्डो मार्टिनेल्लीलाई २१ वर्षको जेल सजायको फैसला सुनाइएको छ ।
गोप्य सुचनाहरु चुहाएको, शक्तिको दुरुपयोग गरेको, राजनीतिज्ञ, पत्रकार, व्यापारी, व्यवसायी लगायतसँग गलत सम्वन्ध राखेको अभियोग लगाइएको छ ।
अभियोग लगाउने पक्षका वकिल रिकार्ट गोन्जालेजले सन् २००९ देखि २०१४ सम्म राष्ट्रपति हुदा उहाँले एउटा छुट्टै निकाय बनाएर त्यसमार्फत् अनियमितता गरेको पाइएको बताउनु भयो ।
उहाँसँगै अरु १५० जनालाई पनि यही अभियोगमा लक्षित गरिएको छ । तर उनीहरुका बारेमा अदालतले अहिलेसम्म कुनै आदेश दिएको छैन । (रासस/एएफपी)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०९ चैत्र २०७५, १३ : ०९
लेखकबाट थप