जसप्रीत बुमराह बने टेस्ट क्रिकेटमा सबैभन्दा छिटो २०० विकेट लिने पहिलो भारतीय तेज बलर

सफल खबर संवाददाता

आइतबार, १४ पुस २०८१, १० : ५९
जसप्रीत बुमराह बने टेस्ट क्रिकेटमा सबैभन्दा छिटो २०० विकेट लिने पहिलो भारतीय तेज बलर

काठमाडौं। अस्ट्रेलियाको मेलबर्नमा भइरहेको बोर्डर-गावस्कर ट्रफीको चौथो टेस्ट खेलमा भारतीय तेज गतिका बलर जसप्रीत बुमराहले नयाँ रेकर्ड बनाएका छन् । जसप्रीत बुमराह टेस्ट क्रिकेटमा सबैभन्दा छिटो २०० विकेट लिने पहिलो भारतीय तेज बलर बनेका छन्। ट्रेविस हेडको विकेटसँगै बुमराहले यो रेकर्ड बनाएका हुन्।

बुमराहले ४४ खेलमा २०० टेस्ट विकेट हासिल गरेका छन्। यससँगै उनी यस्तो उपलब्धि प्राप्त गर्ने दोस्रो भारतीय बलर बनेका छन्। भारतीय स्पिन बलर रविचंद्रन अश्विनले यो लक्ष्य ३७ खेलमा हासिल गरेका थिए।

 

 

 

 

जसप्रीत बुमराहले आईसीसीको टेस्ट वरीयता ९०४ अंक प्राप्त गरेका छन् र उनी बलरहरूको वरीयताको १ स्थानमा छन् ।चौथो दिनको खेल सुरू भएको केही समयपछि भारतको पहिलो पारी ३६९ रनमा समेटिएको छ। यता, अस्ट्रेलियाले पहिलो पारीमा ४७४ रन बनाएको थियो।

 

 

 

प्रतिक्रिया दिनुहोस