बाग्लुङको बुर्तिवाङमा ग्लोबल आइएमई बैंक

मंगलबार, ०२ माघ २०७४, १५ : ४३
बाग्लुङको बुर्तिवाङमा ग्लोबल आइएमई  बैंक

बाग्लुङ ।  ग्लोबल आइएमई बैंकले आइतबार बाग्लुङ जिल्लाको बुर्तिवाङमा रहेको शाखाको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखाको ग्लोबल आइएमई बैंकका चन्द्रप्रसाद ढकाल र बाग्लुङ जिल्ला निर्वाचन क्षेत्र नंं. २ का प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले संयुक्त रुपमा शाखाको औपचारिक उद्घाटन गरे । त्यस्तै सोही शाखामा खोलिएको एटीएम सेवाको ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपालीले उद्घाटन गरे ।

उक्त शाखा उद्घाटन समारोहमा बैंकका अध्यक्ष ढकालले सबैका लागि बैंक भन्ने मुल नारालाई चरितार्थ गर्दे देशका देशका १४ वटै अञ्चलबाट सेवा प्रदान गर्न सफल भएको जानकारी दिदै बैंकिङ सेवाको पहुँच भन्दा टाढा रहेका अन्य क्षेत्रमा पनि सम्भव भए शाखाको माध्यमबाट र शाखा विस्तार गर्न सम्भव नभएका स्थानमा शाखारहित बैंकिङ सेवाको माध्यमबाट बैंकिङ सेवा बिस्तार गर्दै जाने बताए । उक्त कार्यक्रममा उद्योँग वाणिज्य संघ बाग्लुङ्गका प्रतिनिधिहरु, विभिन्न राजनितिक दलका स्थानिय प्रतिनिधि, स्थानिय समाजसेवी लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

ग्लोबल आइएमइ बैंकले सबै क्षेत्र र वर्ग सम्म बैँकिङ्ग सेवाको पहुँच पुर्‍याउने उदेश्यले ११३ वटा शाखा, १२७ एटिएम, ४ वटाएक्सटेन्स काउन्टर, १४ वटा राजस्व संकलन काउण्टर, ५९ शाखारहित बैकिङ्ग सेवा मार्फत आफना गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त भाईवर बैंकिङ सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।  त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस