टुँडिखेलमा प्यारासुट जम्पिङका क्रममा एक सैनिक घाइते

सफल खबर संवाददाता

सोमबार, २० फागुन २०७५, १२ : ५७
टुँडिखेलमा प्यारासुट जम्पिङका क्रममा एक सैनिक घाइते

काठमाडौँ । काठमाडौँको टुँडिखेलमा प्यारासुट जम्पिङका क्रममा दुर्घटना हुँदा एक सैनिक घाइते भएका छन् । सोमबार सैनिक दिवस मनाउने क्रममा प्यारासुट राम्रोसँग नखुलेपछि नेपाली सेनाका हवल्दार पूर्णबहादुर भण्डारी घाइते भएका हुन  ।

नेपाली सेनाका प्रवक्ता याम ढकालका अनुसार सैनिक परेड क्रममा प्यारासुट नखुलेपछि हवल्दार भण्डारी  सिधै आकाशबाट जमिनमा खसेर घाइते भएका हुन् । हवल्दार भण्डारीको टाउको लगायत शरीरको अन्य भागमा चोट लागेको बताइएको छ । 
उनलाई अहिले उपचारका लागि वीर अस्पताल लगिएको छ । 

नेपाली सेनाले हरेक वर्ष शिवरात्रिको दिन विविध कार्यक्रम गरेर सेना दिवस मनाउने गरेको छ । त्यही परम्पराअनुसार सैनिक परमाधिपति एवं राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको उपस्थितिमा कार्यक्रम भइरहेको छ ।कार्यक्रममा सैनिक ब्याण्डको सांगीतिक प्रस्तुतिसँगै विभिन्न साहसिक खेलहरु भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस