पत्रकार सम्मेलनमा बोल्दै उद्यमी सुमार्गीले भने- 'कान्तिपुरले मलाई ब्ल्याकमेलिङ गर्‍यो'

सोमबार, ०१ माघ २०७४, १५ : ३१
पत्रकार सम्मेलनमा बोल्दै उद्यमी सुमार्गीले भने- 'कान्तिपुरले मलाई ब्ल्याकमेलिङ गर्‍यो'

उद्यमी अजय सुमार्गीले कान्तिपुरका मालिक कैलाश सिरोहियाले आफूमाथि ब्ल्याकमेलिङ गरेको आरोप लगाएका छन् ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उद्यमी सुमार्गीले आफूले चलाएका संचारमाध्यम प्रयोग गरेर कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले ब्ल्याकमेल गरेको आरोप लगाएका हुन् ।

सिरोहियाले सञ्चार माध्यमको दुरुपयोग गरेर आफ्नो प्रतिष्ठामा आँच पुर्याएको सुमार्गीले दाबी गरे । सिरोहियाले गम्भीर अपराध गरेको पनि सुमार्गीको भनाई छ ।
ब्ल्याकमेलिङ प्रक्रियामा मिडिया सोसाइटी प्रयोग भएका भन्दै सुमार्गीले आपित्त जनाएका छन् । सुमार्गीले भने  ‘ब्ल्याकमेल प्रकरणमा गम्भीरताका साथ सोच्न आग्रह गर्दुछु,’ ।

यस प्रकरणले कान्तिपुरलाई नजरना चढाएर मात्र व्यवसाय गर्न पाइने खराब नजिर बसेको पनि सुमार्गीको आरोप छ । पाठकहरुलाई कान्तिपुरले विश्वासघात गरिरहेको उनले  आरोप समेत लगाए । सुमार्गीले आफूले प्रचलित कानून पालना गरेको भन्दै कुनै भ्रममा नपर्न आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस