उपराष्ट्रपति नन्दबहादुर पुन भन्छन्,- 'समृद्धिका लागि अब सबै प्रदेशबीच प्रतिस्पर्धा बढाउनुपर्छ'

सोमबार, ०१ माघ २०७४, १५ : २७
उपराष्ट्रपति नन्दबहादुर पुन भन्छन्,- 'समृद्धिका लागि अब सबै प्रदेशबीच प्रतिस्पर्धा बढाउनुपर्छ'

उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुक अब आर्थिक समृद्धिमा केन्द्रित हुने विश्वास व्यक्त गरेका छन् । माघे सक्रान्तिको अवसरमा नेपाल मगर संघले आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले सो कुरा बताएका हुन् ।

कार्यक्रममा उपराष्ट्रपति पुनले संघीयताले मुलुकलाई खुसी, सुखी र सम्पन्न बनाउने दाबी समेत गरे । कार्यक्रममा बोल्दै उनले निर्वाचन सम्पन्न भएसँगै मुलुक राजनीतिक स्थायित्वतर्फ गएको पनि स्मरण गराए ।

उपराष्ट्रपति पुनले नयाँ संविधानले परिकल्पना गरेअनुसार मुलुकलाई समृद्ध बनाउन सबै प्रदेशहरुबीच प्रतिस्पर्धा हुनुपर्नेमा पनि जोड दिए उपराष्ट्रपति पुनले अव छिट्टै नयाँ सरकार बन्ने र त्यसले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने आशा पनि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस