उद्योग वाणिज्य संघ चितवनको मतगणना सुरु

सोमबार, ०१ माघ २०७४, १० : ०६
उद्योग वाणिज्य संघ चितवनको मतगणना सुरु

चितवन । नयाँ नेतृत्व चयनका लागि आइतवार सम्पन्न उद्योग वाणिज्य संघ चितवनको निर्वाचनको मतगणना सुरु भएको छ । सोमवार बिहान ९ बजेर तिस मिनेटबाट मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत जगन्नाथ भण्डारीले जानकारी दिए ।

सोमबार बिहान ९ बजे देखि मतगणना सुरु हुने भनिए पनि मतगणना प्रक्रियामा ढिलाई हुँदा निर्धारित समयमा मत गणना सुरु हुन नसकेको मुख्य निर्वाचन अधिकृत जगन्नाथ भण्डारीले सफल खबरलाई जानकारी दिए । उमेद्वारहरु आउने क्रम ढिलाई भएकाले मत गणना ढिलो सुरु भएको उनले बताए ।

आइतवार बिहान ९ बजे दखि सुरु भएको मतदान साँझ ५ बजेर ४० मिनेटमा सकिएको थियो । २८ सय ५६ कुल मतदाता मध्ये २७ सय ४७ मत खसेको थियो । यो कुल मतदाता संख्याको ९६ दशमलव १८ प्रतिशत हुन आउँछ ।

 

प्रतिक्रिया दिनुहोस