भरतपुर महानगर विवादको वास्तविकता

आफन्तलाई जागिर नदिएको झोँकमा उपप्रमुखले तमासा गर्नुभयो : प्रमुख दाहाल (भिडियोसहित)

सूर्यप्रकाश कँडेल

शुक्रबार, १० जेठ २०७६, १३ : २३

चितवन । भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीका आफन्तलाई जागिर नदिएको झोँकमा उपप्रमुखले तमासा गर्दै हिँडेको प्रमुख रेनु दाहालले बताउनु भएको छ । बुधबार भरतपुर महानगरपालिकाले आयोजना गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मेयर दाहालले यस्तो बताउनु भएको हो ।

‘यस भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीले काठमाडौंमा पत्रकार सम्मेलन गरी समग्र भरतपुर महानगरपालिका र त्यसको प्रमुख ममाथि कपोलकल्पित आरोप लगाउनु भएको घटनाले मलाई दुःखी बनाएको छ’ महानगर प्रमुख दाहालले भन्नुभयो, ‘उहाँले भनेजस्तो के के कुरामा अनियमितता भएका हुन् ? तथ्यपरक ढंगले प्रमाणित गर्न चुनौती दिन्छु । उहाँले लगाएका सबै आरोप फगत आरोपका लागि आरोपमात्र हुन् । म उहाँलाई आरोपका लागि आरोप लगाएर समय फाल्नुभन्दा महानगरको समृद्धि र विकासका लागि काम गर्न अनुरोध गर्दछु ।’

उपप्रमुख ठकुरीबाट आफूमाथि लगाइएका सबै आरोप प्रमाणित गर्न उहाँले चुनौती समेत दिनुभएको छ । उपप्रमुख ठकुरीले कर्मचारी परिचालनको कुरा गर्नु गलत भएको प्रमुख दाहालको भनाइ छ । ‘महानगरका कर्मचारी प्रमुख वा उपप्रमुखका निजी कर्मचारी होइनन् । नेपाल सरकारका कर्मचारी हुन् । उनीहरु आआफ्नो जिम्मेवारीमा खटिएका छन्’ उहाँले भन्नुभयो, ‘म भरतपुर महानगरको प्रमुख भएर आइसकेपछि मैले कुनै पनि कर्मचारीलाई भेदभाव गरेको छैन । म उपप्रमुलाई चुनौतीका साथ भन्न चाहन्छु, तपाइँले सक्नुहुन्छ भने एक जनामात्र कर्मचारी मेरो अगाडि उभ्याइदिनुहोस्, जसलाई मैले विभेद गरेको होस् ।’

स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार सहमतिमा सबैको प्रतिनिधित्व हुने गरी आवश्यक समितिहरु गठन गरिएको प्रमुख दाहालले बताउनु भयो । ‘मलाई महानगरमा कुनै राजनीति गर्नु छैन । म राजनीति गर्नको लागि आएको पनि होइन’ उहाँले भन्नुभयो, ‘मेरो एकमात्र उद्देश्य भनेको भरतपुर महानगरको वृहत्तर विकास गरी समृद्ध महानगर बनाउनुमात्र हो । सबै पक्षसँग सहमति र सहकार्यमा अगाडि बढ्नु पर्छ भन्ने मलाई राम्रोसँग थाहा छ ।’

उपप्रमुखलाई कसैले कुनै भेदभाव नगरेको प्रमुख दाहालले बताउनु भयो । ‘उपप्रमुखलाई पदीय मर्यादा कायम गर्दै आफ्नो जिम्मेवारी पूरा गर्न मैले आवश्यक समन्वय गरिरहेकै छु’ उहाँले भन्नुभयो, ‘यति गर्दागर्दै पनि उहाँ झिनामसिना कुराहरु, व्यक्तिगत लाभहानिका कुराहरु गर्दै हिँड्ने, कार्यपालिका बैठक बहिष्कार गर्ने, पदीय जिम्मेवारीभन्दा बाहिर गएर महानगरकै विरुद्धमा कपोलकल्पित र भ्रमपूर्ण विषयहरु उठाएर पत्रकार सम्मेलन गर्दै हिँड्ने उहाँको व्यवहारले मलाई आजित तुल्याएको छ ।’

उपप्रमुख ठकुरीलाई प्रश्न गर्दै प्रमुख दाहालले भन्नुभयो, ‘के यसरी समस्याको समाधान हुन्छ ? के हामीले लिएको लक्ष्य यसरी हासिल गर्न सकिन्छ ? उहाँले कार्यालयमा नबस्ने, जनताका गुनासाहरु सम्बोधन नगर्ने, पदीय जिम्मेवारीको ख्याल नगर्ने काम तत्काल बन्द गर्नु पर्छ ।’ संवाद र छलफलबाट हरेक समस्याको समाधान गर्न सकिने बताउँदै प्रमुख दाहालले भन्नुभयो, ‘समस्याहरु समाधानसहित आएका हुन्छन् । मैले उहाँलाई तमाम समस्याको समाधान गर्न आउनुहोस् छलफल गरौं भनेर पटकपटक भनेकी छु । यसको उल्टो उहाँ बैठकमा नबस्ने, बाहिर अनर्गल हल्ला गर्दै हिँड्ने गरिरहनु भएको छ । के यो समस्याको समाधान हो ?’

सामाजिक सञ्जालमार्फत् आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै उपप्रमुख ठकुरीले पत्रकारसामु उठाएको विषयबारे महानगर प्रमुख दाहालले भन्नुभयो, ‘उपप्रमुखलाई सामाजिक सञ्जालमार्फत् धम्की आएको कुरा सुनेपछि मैले जिल्लाका सुरक्षा प्रमुखहरु, सरोकारवालाहरुलाई यो गम्भीर विषयको तत्काल छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको थिएँ । त्यसपछि उपप्रमुखलाई धम्की दिने व्यक्ति समातिए । उपप्रमुखकै रोहवरमा जिल्ला प्रहरी कार्यालयमा छलफलपश्चात दोषीलाई एकपटकको लागि माफी दिने उहाँ आफैले सहमति जनाएपछि विषय टुंगिएको छ । यसरी सहमतिमा टुंगिइसकेको विषयलाई उहाँले खेती गर्दै हिँडिरहनु भएको छ । यही हो उहाँको नैतिकता ?’

असमझदारीका विषयहरुलाई एकै ठाउँमा बसेर आपसी छलफलबाट समझदारी कायम गर्न सकिने बताउँदै महानगर प्रमुख दाहालले भन्नुभयो, ‘म उहाँलाई पुनः आह्वान गर्छु, तपाइँले लगाएका सारा आरोपहरु तथ्यपरक ढंगले प्रमाणित गरेर देखाउनु होस् । होइन भने समस्याहरुको समाधान खोज्ने कार्यपालिका बैठक बहिष्कार गर्ने अनि बाहिरबाहिरै अनर्गल प्रचार गर्ने तरिका कुनै पनि हिसाबले ठीक हुन सक्दैन । घरभित्रको समस्या सडकमा फलाकेर तमासा गर्दा समग्र महानगरकै बदनामी भइरहेको छ ।’

उपप्रमुख ठकुरीको आरोप

प्रमुख दाहालको बुँदागत जवाफ
बुँदा १ र २ सँग सम्बन्धित
लेखा समिति लगायतका समिति गठन सम्वन्धमा स्थानीय सरकार संचालन ‌ऐन, २०७४ को दफा २२माूनगरसभाले आफ्नो कार्यप्रणालीलाई व्यवस्थित गर्न नियमावली बनाई कुनै सदस्यको संयोजकत्वमा लेखा समिति, विधायन समिति, सुशासन समिति लगायतका आवश्यकता अनुसार अन्य समिति र विशेष समिति गठन गर्न सक्नेछूभन्ने उल्लेख छ । केही समितिहरु आवश्यकता अनुसार गठन भई सक्रिय छन् भने बाँकि समिति गठन गर्ने कार्य नगर सभाको विषय भएकोले सोही बैठकबाट टुङ्ग्याउन सकिन्छ नकि दोषारोपण र मिडियावाजीबाट । नगर सभा र कार्यपालिका बैठकप्रति सबै पदाधिकारी उतिकै उत्तरदायी र जिम्मेवार हुनु आवश्यक छ न कि एक्लो कुनै पदाधिकारी १
बुँदा ३
महानगरको गाडी दुर्घटना भएको सन्दर्भमा तत्काल् उपप्रमुख समेतलाई जानकारी गराई नगर कार्यपालिकाको बैठकमा समेत छलफल भएको हो ।उक्तसवारी साधनको लापरवाही एवं गैरजिम्मेवारपूर्ण तरिकाले प्रयोग गर्ने सवारी चालक र संलग्न अन्य व्यक्तिहरु जिल्ला प्रहरी कार्यालय, चितवनको छानविनमा रहेका र निज चालकको सेवा सो घटनापश्चात् निरन्तरता नदिइएको तथा सवारी साधनको मर्मत सम्बन्धमा यथार्थपरक लागत इस्टिमेट तयार गरी मर्मत गर्ने वा नगर्ने सम्बन्धमा कार्यपालिका बैठकबाट निर्णय गराउने चरणमा रहेको छ ।
 बुँदा ४
कुन चाहिं समिति छलफल नगरी एकलौटी गठन भएका छन्सप्रमाण भन्न सक्नुपर्यो । निराधार आरोप लगाउन मिल्दैन ।
बुँदा नं ५
राष्ट्रसेवक कर्मचारीको कुन आस्था र के विचार हुन्छ रु हामीलाई चासो लिनु आवश्यक छैन ।हामीले कार्यसम्पादन र कार्यालयको आवश्यकतालाई हेर्ने हो । सबै कर्मचारीले महानगरपालिका र अन्तर्गतकाकार्यालयमा पदीय जिम्मेवारी पूरा गर्न तयार रहनुपर्दछ, सोही अनुसार जिम्मेवारी तोक्ने काम भएको छ ।
बुँदा ६
घर भाडा सम्बन्धमा उपप्रमुखले पटक पटक माग गर्नु भएको हो।अहिले मिडियामा नगरेको भन्ने सरासर झुठ हो।
 बुँदा ७
एजेण्डा तय गर्ने प्रमुख र उपप्रमुख लगायत सबै पदाधिकारिको तोकिएको समयममै प्रस्ताव तयार पारी सुझाव लिने र अन्तिम रुप दिने एजेण्डाहरुमा छलफल नहुने भन्ने विषयमा कुनै सत्यता छैन।आवश्यकता अनुसार नगरकार्यपालिका,नगरसभा र बैठकहरुमा विज्ञ समेतको म्यासेज, झबष् िटेलिफोन बाट समेत जानकारी गराउने गरिएको छ ।
बुँदा ८
सेवाग्राहीलाई सेवास्थलमा उचित व्यवहार हुनुपर्दछ र हुने गरेको पनि छ।कहाँ कस्लाई मुस्कान सहितको सेवा पुगेन, विधि सम्भत आउनुपर्यो।
बुँदा ९
महानगरपालिकाले आफ्नो बोर्डका अलावा राष्ट्रिय र स्थानीय विज्ञसमेतलाई आमन्त्रण गरी अन्तरकृया छलफलहरु भएका छन् ।
बुँदा १०
महानगरपालिका विकासको थलो हो । राजनैतिक आरोपप्रत्यारोपको थलो हुनुहुँदैन र कसैले चाहेर पनि त्यो सम्भव छैन।
बुँदा ११
विकासका साना ठूला आयोजना कार्यान्वयनको क्रममा छन् । ठूला आयोजनाहरुको कार्यसम्पन्न हुन समय लाग्ने देखिन्छ । के कति पुराना तथा केकति नयाँ चन्ने सबै सामु छर्लङ छ।
बुँदा १२
महानगरका सम्पूर्ण जनशक्ति भनेकै महानगरपालिकाको समग्र हितका लागि प्रयोग गर्न सकिन्छ । उपप्रमुखको लागि कुनै समिति, इजलास वा न्यायिक समितिमा कर्मचारीको कुनै अभाव रहेको अवस्था छैन ।

यस्तो छ महानगरपालिकाको प्रेस विज्ञप्ति
भरतपुर महानगरपालिकाको उपप्रमुख श्री पार्वती शाह ठकुरीले काठमाडौंमा गई यस महानगरका सन्दर्भमा पत्रकार सम्मेलन नै गरेर व्यक्त गर्नुभएका विषयहरुप्रति भरतपुर महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ। व्यक्तिगत स्वार्थ र सुविधालाई ध्यान नदिइ महानगरको विकास र समृद्धिको लागि रात दिन समेत नभनी खटिएको राजनीतिक एवं राष्ट्रसेवक कर्मचारीको टिमलाई निरुत्साहित गर्न तथ्यविहिन आरोपहरुको सूची तयार पारेर महानगरको विकास र समृद्धिको अभियानमा हामीलाई कतै असहयोग त गर्न लागिएको हैन रु भन्ने प्रश्न उब्जिएको छ। आत्मगत तथा व्यक्तिगत कुण्ठाहरुलाई जोडेर समृद्ध महानगरको अभियानमा अभिव्यक्त गर्नु कति पनि शोभनीय छैन। तथ्यगत आधारविना अनियमितता गरेको, काम नगरेको, एकलौटी गरेको, असहयोग गरेको जस्ता निकृष्ट शैलीमा लगाइएका आरोपहरुलाई प्रमाणित गर्न हामी चुनौती दिन चाहन्छौं। व्यक्तिगत स्वार्थ र कुण्ठा छोडेर उपप्रमुख शाहलाई महानगरको संस्थागत विकास र महानगरका जनताको भावना अनुसार जिम्मेवारी निर्वाह गर्न समेत अनुरोध गर्दछौँ ।

भरतपुर महानगरपालिकाबाट पछिल्लो समय सम्पादित कामहरुको संक्षिप्त विवरण :
-  महानगरीय रिङ्गरोड र ज्ञघ वटा लिङ्करोडको काम यसै आ।व। मा शिलन्यास भई तीब्र गतिमा निर्माण भइरहेका ।
-   धुर्मुस सुन्तली फाउण्डेसनसँगको सहकार्यमा अन्तरराष्ट्रिय स्तरको ऐकेडेमी सहितको क्रिकेट रंगशाला निर्माणकोको काम अन्तिम चरणमा पुगेको र साईट अफिस निर्माण गरी डिपिआर तयारीको कार्य अगाडि बढिरहेको ।
-  सुबिधा सम्पन्न अन्तरराष्ट्रियस्तरको महानगरीय सिटीहल निर्माणको डिजाइनको काम भैरहेको ।
-  नारायणगढको पुरानो सब्जीमण्डीमा निर्माण हुन लागेको बहुतले सपिङ्ग कम्प्लेक्सको डिजाइन एवं स्ट्रक्चरल प्लान तयार गर्ने कार्य अन्तिम चरणमा रहेको ।
- कटान नियन्त्रण गरी नदी कटानको जग्गा उपयोग सहित नारायणी र राप्तीमा तटबन्धन सहितको १०५ किलोमिटरको तटबन्ध सहितको आउटर रिङ्गरोडको संभाव्यता अध्ययन प्रकृया प्रारम्भ भएको।
-   चालु आर्थिक वर्षमा मात्रै ज्ञ सय छण् कि।मी। सडक कालो पत्रे गर्ने उद्देश्यका साथ काम भइहेको।
-  चालु आ।व।को आवधिक योजनाहरुको करिब ठछ प्रतिशत ठेक्का तथा सम्झौता भई काम अगाडि बढि रहेको।
- कृषि क्षेत्रको बिकासका लागि मल, बिउ, दूध र सिंचाईमा अनुदान तथा थोक तथा खुद्रा बजारको बिकास र बिस्तार गरिएको।
-  लक्ष्य अनुसार राजस्व असुलीका लागि १द्द वटा वडाहरुमा कर्मचारी र जनप्रतिनिधि सम्मिलित टोली परिचालन गरिएको र चालू आ। व। मा छछ करोड द्धछ लाखको आन्तरिक राजश्को लक्ष्य लिइएकोमा हालसम्म घज्ञ करोड घण् लाख उठिसकेको ।
-  नगरबासीहरुलाई प्रभावकारी र सहजै सेवा पूर्‍याउन २ वटा वडा कार्यालय भवन निर्माण सम्पन्न भई संचालनमा आएका, 4 वटा वडा कार्यालय भवनहरुको निर्माणको काम भैरहेको र अन्य 2 वटा वडा कार्यालयहरु छिट्टै निर्माण हुने चरणमा रहेका।अन्य वडा कार्यालयहरुमा मर्मत सुधारको काम भइरहेको । साथै 18 वटा वडाहरुमा अप्टिकल फाइबर बिच्छ्याउने काम सम्पन्न गरी छिटो छरितो सेवा प्रदान गरिएको ।
-   भरतपुर महानगरपालिकाले सेवामा सरलता र अनियमितता तथा भ्रष्टाचार जस्ता विषयहरुको अन्त्य गर्न जनप्रतिनिधीहरुका लागि आचार संहिता, 2075, बिपद् व्यवस्थापन सम्बन्धी ऐन, द्दण्ठछ लगायत आवश्यक ज्ञण् भन्दा बढी ऐन तथा विद्येयकहरु निर्माण गरी सेवा प्रवाह एवं सुशासन स्थापित गर्ने कामहरु भैरहेका।
- स्मार्ट सिटी निर्माणको गुरुयोजनाको लागि तथ्याङ्क तयारी गर्ने उद्देश्यका साथ तथ्याङ्क संकलनको काम अन्तिम चरणमा रहेको ।
- सवारी आवागमनलाई व्यवस्थित गर्न सहिद चोकमा ट्राफिक लाईटको जडान गरिसकिएको र अन्य आवश्यक स्थानमा छिट्टै जोड्ने तयारी भैरहेको।विभिन्न २० स्थानमा व्यवस्थित ट्राफिक आइल्यान्ड राखिएको।
-   भरतपुर अस्पताल विषेशज्ञ सेवा सहितको केन्द्रीय अस्पतालको रुपमा स्तरोन्नति भैसकेको र आवश्यक पूर्वाधार विकासमा केन्द्रित हुने क्रममा रहेको।
-  देवघाटमा विद्युतीय शबदाह गृह, भरतपुर अस्पतालमा बिरामी कुरुवा घर, वडा नं. 19 मा पहुँच मार्ग सहितको रमणीय रानी पोखरी निर्माण, भरतपुर बसपार्क लगायतका ठूला परियोजनाहरु निर्माणको काम यसै चौमासिकबाट तीब्र गतिमा अगाडि बढिरहेका छन्।
- महानगरपालिकाको सक्रियतामा रामपुर-चनौली सडक निर्माण, हुलाकी मार्गका अलवा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, महिला, बालबालिका तथा अपाङ्गका साथै सामाजिक विकास, सुशासन र सेवा प्रवाहको क्षेत्रमा महत्वपूर्ण कामहरु भैरहेका छन्।
घरभित्रको समस्या छिमेकी गुहारेर र अनावश्यक मिडियाबाजी गरेर समाधान कदापि हुदैंन भन्ने हेक्का सबैमा हुनु आवश्यक छ। आफ्नो पदीय ओज र दायित्वलाई सम्झिई महत्वाकांक्षा घटाएर मात्र सहि अर्थमा नेता हुन सकिन्छ। जतिसुकै दौडिएपनि गन्तव्य एउटै हो, महानगरको सुशासन र समृद्धि मित्था आरोप र प्रत्यारोपले आउँदैन। आफ्नो कमजोरीबाट सिक्नुहोस र सुधारको बाटो पकड्नुहोस, हातेमालो गर्न हामी हिजो जस्तै आज र भोलि पनि तत्पर छौं ।
समृद्ध महानगर निर्माणमा सबै जनप्रतिनिधि, कर्मचारी, नगरवासी एंव सरोकारावालाको सहयोग, सदभाव र सुझावहरु जहिले पनि चाहिन्छ र यसको विकल्प पनि छैन । त्यसैले उपप्रमुखज्यूबाट एकलौटी रुपमा अफवाह फैलाउनु भन्दा हाम्रो महानगर राम्रो महानगर बनाउन परिवारभित्र कुनै गुनासो भएमा आन्तरिक रुपमै सुल्झाउन सकिन्छ । यसरी बाहिरी रुपमा अनावश्यक गुनासो पोखिरहनु भन्दा सकारात्मक, रचनात्मक र सिर्जनशील कार्यमा सहकार्य गर्न आग्रह गर्दछौं ।

प्रतिक्रिया दिनुहोस