अत्याधुनिक सुविधासहितको अटो वास सेन्टर सञ्चालनमा आउने

मंगलबार, १४ फागुन २०७५, १८ : २२
अत्याधुनिक सुविधासहितको अटो वास सेन्टर सञ्चालनमा आउने

चितवन । जिल्लामै पहिलो पटक अत्याधुनिक प्रविधिबाट आटो गाडीहरुको वास सेन्टर सञ्चालनमा आउने भएको छ । यही वैशाखदेखि सञ्चालनमा आउन लागेको अटो गार्डेन प्रालीले अटोसम्बन्धी सम्पूर्ण कामहरुको सेवा प्रदान गर्न लागेको मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
वास सेन्टरमा सर्लाहीका ३ जना युवाहरु विनय झा, सुरेन्द्र पाठक र दिनेश पण्डितको संयुक्त लगानी छ । पूर्वपश्चिम राजमार्ग अन्तरगतको भरतपुर १२, स्थित मिलनचोकमा ५ करोड रुपैयाँको लगानीमा सञ्चालनमा आउन लागेको अटो गार्डेनको ७० प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भएको सञ्चालक विनय झाले जानकारी दिनुभयो ।
पछिल्लो समयमा गाडीहरुँसग सम्बन्धित मर्मतकेन्द्रबाट एकै थलोबाट मर्मत नहुने भएकाले अटो गार्डेन प्रालिको स्थापना गरीएको अटो गार्डेन प्रालिका सन्चालक झाले बताउनुभयो ।
अटो गार्डेन परिसर भित्र अटोमेटिक मेसिनद्धारा प्युरीफाई वास, सर्भिसिङ, डेटपेन्ट, थ्रि डि प्रविधिद्वारा व्हील अलाईमेन्ट, व्हील ब्यालेन्सर, नाईट्रोजन, फिलिंग र टायर चेन्ज लगायतका कामहरु गर्ने गरिने उहाँले बताउनुभयो ।
गार्डेनमा ४ जना मेकानिकल ईन्जिनियले सर्भिसिङ प्रदान गर्ने छन् । १५ कट्ठा क्षेत्रफलमा रहेको यस सेन्टरले गार्डेन परिसर भित्र निकट भविष्यमा नै क्याफे पनि सञ्चालनमा ल्याउने जनाएको छ । यहाँ ३६ जनाले रोजगारी पाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस