एनआई सी एशिया बैंकको नयाँ शाखा पोखराको पस्र्याङ्गमा

सफल खबर संवाददाता

सोमबार, १३ फागुन २०७५, १८ : ४२
एनआई सी एशिया बैंकको नयाँ शाखा पोखराको पस्र्याङ्गमा

काठमाडौं । एनआई सी एशिया बैंक लिमिटेडको पोखरा महानगरपालिका वडा नम्बर ५, पस्र्याङ्गस्थित पस्र्याङ्ग शाखाको पोखरा महानगरपालिकाका नगर प्रमुख मानबहादुर जि.सी. बाट सोमबार एक समारोहकाबीच उद्घाटन भएको छ । ०७५ भाद्र २ गतेबाट कारोबार सुरु भएको उक्त शाखाको उद्घाटन समारोहका प्रमुख अतिथि जि.सी.ले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिति सबल बनाउदै गएकोमा बैंकको प्रशंसा गर्नुभयो ।

एनआई सी एशिया बैंक मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १७१ अर्ब तथा कर्जा रू. १४९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५०हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमाआफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखाकार्यालय संचालन गर्ने योजना अगाडि सारेको बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठीेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस