१४ एसएसपीको पदस्थापना र ९ जनाको सरुवा (सूचीसहित)

सफल खबर संवाददाता

आइतबार, १२ फागुन २०७५, १९ : २८
१४ एसएसपीको पदस्थापना र ९ जनाको सरुवा (सूचीसहित)

काठमाडौं ।  नेपाल प्रहरीका १४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई गृह मन्त्रालयले पदस्थापना गरेको छ । आइतबार गृह–मन्त्रालयले प्रहरी उपरिक्षक (एसपी) बाट भर्खरै बढुवा भएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई पदस्थापन गरेको हो । 
प्रहरी प्रधान कार्यालयले मन्त्रालयको निर्णय अनुसार प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) सन्दीप भण्डारीलाई महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा पदस्थापना गरेको छ । 

उमेशराज जोशीलाई प्रहरी महानिरीक्षकको सचिवालय, श्यामलाल ज्ञवालीलाई महानगरीय प्रहरी कार्यालय प्रशासन महाशाखा रानिपोखरी, रामदत्त जोशी लाई केद्रिय अनुसन्धान ब्युरो, दीपक थापालाई प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन महाशाखा, किरण बज्राचार्यलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापना गरिएको छ ।

त्यस्तै ९ जना प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) हरुलाई गृह मन्त्रालयले सरुवा गरेको छ । नेपाल राजदूतावास (कन्सुलर) नयाँ दिल्लीमा प्रकाश अधिकारीको सरुवा भएको छ । महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा कार्यरत देव बहादुर बोगटीलाई संघीय प्रहरी ईकाई कार्यालय सेतीमा पठाइएको छ । 

लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरमा विश्वराज पोखरेल, प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा दिवेश लोहनी र संघीय प्रहरी इकाई कार्यालय गण्डकीमा पूजा सिंहलाई पठाइएको छ ।

पदस्थापना सूची हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस