उद्योग वाणिज्य संघ चितवनको मतदान सकियो, ९६ प्रतिशत मत खस्यो

आइतबार, ३० पुस २०७४, १८ : १४
उद्योग वाणिज्य संघ चितवनको मतदान सकियो, ९६ प्रतिशत मत खस्यो

नारायणगढ । उवासंघ चितवनको विहान ९ बजे दखि शुरु भएको मतदान साँझ ५ बजेर ४० मिनेटमा सकिएको छ । कुल २८ सय ५६ मतदाता मध्ये २७ सय ४७ मतदान गरेको मुख्य निर्वाचन अधिकृत जगन्नाथ भण्डारीले सफल खबरलाई जानकारी दिनुभयो । यो कुल मतदाता संख्याको ९६ दशमलव १८ प्रतिशत हुन आउँछ ।

उद्योग वाणिज्य संघ चितवनको नयाँ नेतृत्वको लागी दुई वटा प्यानल चुनावी मैदानमा थिए । अध्यक्ष पदका लागि पुर्व वरिष्ठ उपाध्यक्ष सहनलाल प्रधान र वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठको कडा प्रतिष्पर्धा देखिएको छ । मतदानका लागि व्यवसायीहरुको उत्साहपुर्ण सहभागीता रहेको थियो । निर्वाचन अधिकृत भण्डारी का अनुसार भोली (सोमबार) विहान ९ बजे दखि मतगणना सुरु हुनेछ । निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस