चितवन स्वरोजगार निर्माण संघको साधारण सभा

सफल खबर संवाददाता

शनिबार, ११ फागुन २०७५, १७ : ३८
चितवन स्वरोजगार निर्माण संघको साधारण सभा

चितवन । चितवन स्वरोजगार निर्माण संघको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । संघका अध्यक्ष शुक्रबहादुर मिजारको अध्यक्षतामा भएको साधारण सभामा वक्ताहरुले निर्माण व्यवसायीहरुलाई तालिमको आवश्यक भएको बताएका थिए । 

साधारण सभाको प्रमुख अतिथि प्रदेश सांसद कृष्ण भुर्तेलले स्वरोजगार निर्माणकर्मीहरुको समस्याहरु सम्बन्धित क्षेत्रसम्म लैजाने प्रतिबद्धता गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘तपाइँको समस्या म समाधान गर्न सक्दो पहल गर्नेछु ।’

कार्यक्रममा कोषाध्यक्ष कृष्णबहादुर पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । महासचिव निर्मलराज न्यौपानेले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा ८ जनालाई सम्मान गरिएको थियो । कार्यक्रममा निर्माण व्यवसायी संघका सदस्य पूर्वीचितवन निर्माण व्यवसायी संघका अध्यक्ष उत्तम गुरुङ, गौतमबहादुर नेपाली, केदारनाथ अधिकारीलगायतले मन्तव्य दिएका थिए ।  

 

 

प्रतिक्रिया दिनुहोस