एनसेलमा भएको बम विष्फोटप्रति नेकपा असन्तुष्ट समूहले निकाल्यो यस्तो विज्ञप्ति

सफल खबर संवाददाता

शनिबार, ११ फागुन २०७५, १५ : ०५
एनसेलमा भएको बम विष्फोटप्रति नेकपा असन्तुष्ट समूहले निकाल्यो यस्तो विज्ञप्ति

काठमाडौं । नेकपा असन्तुष्ट समूहले ललितपुर नख्खुस्थित एनसेल नेपालको केन्द्रीय कार्यालको मुख्य गेटमा भएको बम विष्फोटको घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।
नागरिकको बाँच्न पाउने अधिकार हनन् भएको भन्दै यस्ता विध्वशंकारी गतिविधि रोक्न सम्बन्धित पक्षलाई असन्तुष्ट समूहले अपिल गरेको छ ।

असन्तुष्ट समुहका संयोजक युवराज सफलद्धारा जारी विज्ञप्तिमा सर्वोच्च अदालतले एनसेललाई सम्पूर्ण करको बक्यौता तिर्नु र तिराउनु भनि आदेश दिइसक्दा पनि वर्तमान सरकारले यसबारेमा आवश्यक कदम नचाल्दाको परिणाम यो बम विष्फोट प्रकरण भएको उल्लेख गरिएको छ ।


 

प्रतिक्रिया दिनुहोस