सडक दुर्घटनामा घाइते सांसद वलीको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १० फागुन २०७५, ०८ : ५९
सडक दुर्घटनामा घाइते सांसद वलीको मृत्यु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रदेशसभा सांसद उत्तरकुमार ओलीको निधन भएको छ । सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा आज (शुक्रबार) बिहान १ बजे निधन भएको हो ।
गत माघ २३ गते लमही–घोराही सडक खण्डको चिसापानीमा सवारी दुर्घटनामा परी वली गम्भीर घाइते वलीलाई उपचारका लागि मेडिसिटी अस्पतालमा राखिएको थियो ।
 
उनी तत्कालीन एमालेको तर्फबाट दाङ क्षेत्र नं. ३ (ख) बाट प्रदेशसभामा निर्वाचित भएका थिए । वली दंगीशरण गाउपालिकाको श्रीगाउँका स्थायी बासिन्दा हुन् ।

प्रतिक्रिया दिनुहोस