दरबारमार्गमा २१ किलो चरेससहित चारजना पक्राउ

सफल खबर संवाददाता

विहीबार, ०९ फागुन २०७५, २१ : ०९
दरबारमार्गमा २१ किलो चरेससहित चारजना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त, दरबारमार्गको प्रहरी टोलीले २१ किलो चरेशसहित ४ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत दरबारमार्गका इन्सपेक्टर जितेन्द्र श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई लाजिम्पाटबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा मकवानपुर घर भई कलंकी बस्ने बर्ष २६ को रामकुमार मोक्तान, नैकाप बस्ने बर्ष २५ को रमेश कुमार मोक्तान रहेका छन् । यस्तै मकवानपुर घरभई नैकाप नै बस्ने बर्ष २५ को सुकराम गोले र मकवानपुर घर भई कलंकी बस्ने बर्ष २४ को राजेन्द्र गोले रहेका छन् ।

प्रतिक्रिया दिनुहोस