कति राम्रा बाबुराम दौरासुरुवालमा

सफल खबर संवाददाता

विहीबार, ०९ फागुन २०७५, १४ : ४७
कति राम्रा बाबुराम दौरासुरुवालमा

जाजरकोट । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ६४ वर्षको उमेरमा पहिलो पटक दौरा सुरूवाल र ढाका टोपी लगाएका छन् । नयाँ शक्ति पार्टी नेपालले मेचीदेखी महाकालीसम्म गरिरहेको जनसंवाद कार्यक्रमका क्रममा जाजरकोट आइपुगेका डा. भट्टराईले दौरा सुरूवाल, कोट र ढाकाटोपी लगाएका हुन् ।

जनयुद्ध सुरू भएदेखि नै माओवादी नेताहरूले अघोषितरूपमा दौरा सुरूवाल तथा ढाकाटोपी बहिष्कार गरेका थिए। अहिले पनि पूर्वमाओवादी नेताहरूले विरलै दौरासुरूवाल लगाउने गर्छन् । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दौरासुरूवाल लगाएका छैनन् । अर्का नेता कृष्णबहादुर महराले सभामुख भएदेखि दौरा सुरूवाल टोपी लगाउन सुरू गरेका छन् ।

प्रतिक्रिया दिनुहोस