महालक्ष्मी विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

सफल खबर संवाददाता

बुधबार, ०८ फागुन २०७५, १७ : २४
महालक्ष्मी विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली स्वरुप जीवन तथा निर्जीवनको बीमा सेवा दिने अभिप्रायले बैंकासुरेन्स सम्बन्धी सम्झौतागर्दै आएको छ । 

यसै सन्दर्भमा वुधबार मामहालक्ष्मी विकास बैँक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले बंैकको प्रधान कार्यालय दरबार मार्गमा आयोजित एक समारोहकाबीच बैंकासुरेन्सको सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ । सम्झौता अनुसार ग्राहकहरुले महालक्ष्मी विकास बैंक लिमिटेडबाट उक्त लाईफ इन्स्योरेन्सको जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण जीवन बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।
बैंकले आगामी दिनहरुमा आफ्ना ग्राहकहरुका लागि थप सेवा सुविधा दिइरहने प्रतिबद्घता जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस