एनआई सी एशिया बैंकको नयाँ शाखा पोखराको पावर हाउस चोकमा

सफल खबर संवाददाता

बुधबार, ०८ फागुन २०७५, १७ : ०८
एनआई सी एशिया बैंकको नयाँ शाखा पोखराको पावर हाउस चोकमा

काठमाडौं । एनआई सी एशिया बैंक लिमिटेडको पोखरा महानगरपालिका वडा नम्बर २९, पावरहाउस चोकस्थित पावर हाउस चोक कास्की शाखाको उद्घाटन भएको छ । एनआई सी एशिया बैंक लिमिटेडका प्रमुख कर्जा अधिकृत प्रकाश बरालबाट वुधबार एक समारोहकाबीच उक्त शाखाको उद्घाटन भएको हो ।

एनआई सी एशिया मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २१७ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १७३ अर्ब तथा कर्जा रू. १४८ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्याकरिब १४ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 
 

प्रतिक्रिया दिनुहोस