जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ अधिकारीको मृत्यु

सफल खबर संवाददाता

सोमबार, ०६ फागुन २०७५, १५ : १८
जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ अधिकारीको मृत्यु

काठमाडौं । बाराका प्रमुख जिल्ला अधिकारी र सशष्त्र प्रहरी उपरिक्षक चढेको जीप दुर्घटनामा परी घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको मृत्यु भएको छ ।
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा सोमबार भट्टराईको निधन भएको हो ।
यसअघि सशस्त्र प्रहरी बलका एसपी बलराम पोख्रेलको माघ १२ गते घटनास्थलमै मृत्यु भएको थियो भने भट्टराईसहित अन्य ३ जना घाइते भएका थिए । 

माघ १२ गते बाराको निजगढमा आयोजित कार्यक्रममा भाग लिएर कलैया जाँदै गर्दा पूर्वपश्चिम राजमार्गको पसाहा पूल नजिक भट्टराईको ना १ झ १६३३ नम्बरको स्कार्पियो जीप सडकमा रोकी राखेको ट्याक्टरको टेलरसँग ठोक्किएर दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस