नेपाल तयारी पोशाक उद्योग संघको अध्यक्षमा पून चण्डिप्रसाद अर्याल

सफल खबर संवाददाता

आइतबार, ०५ फागुन २०७५, १९ : २७
नेपाल तयारी पोशाक उद्योग संघको अध्यक्षमा पून चण्डिप्रसाद अर्याल

काठमाडौं । नेपाल तयारी पोशाक संघको २७ औं बार्षिक साधारण सभाले चण्डीप्रसाद अर्यालको अध्यक्षतामा ११ सदसिय नयाँ काय समिती चयन गरेको छ । उपाध्यक्षमा ईमान सिं लामा, भुपेन्द्र कुमार बस्नेत, महासचिव असोक कुमार अग्रवाल, सहसचिव पशुपति देव पाण्डे,रहनु भएको संघले जनाएको छ ।

 सो  सभाको उद्घाटन अर्थमन्त्रि डा. युवराज खतिवडाले गर्नु भएको थियो । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा,  सदस्य चण्डिराज ढकाल, सिएनआईका सदस्य हरिभक्त शर्मा लगायतले नपाली गार्मेन्ट उद्योगको बर्तमान अवस्था, यसका सम्भावना र चुनैतिका बिषयमा आफ्नो धारणा राखेका थिए । 

प्रतिक्रिया दिनुहोस