सबै एक भएर विकास र समृद्धिको यात्रामा लागौं : प्रचण्ड

सफल खबर संवाददाता

शनिबार, ०४ फागुन २०७५, ११ : ३१
सबै एक भएर विकास र समृद्धिको यात्रामा लागौं : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्धिको यात्रामा सबैको एकता र उर्जा जरुरी रहेको बताएका छन् ।

शनिबार भक्तपुरको हनुमन्ते सरसफाइ अभियानको कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘एकता भयो भने जस्तासुकै चुनौति छिचोल्न सकिन्छ । हिजो शान्ति प्रक्रियामा पनि हामीले एकता प्रदर्शन गर्याैं, संविधान निर्माणमा पनि एकता प्रदर्शन गर्यैं, अब विकास र समृद्धिमा पनि एकता प्रदर्शन गरौं ।’ प्रचण्डले हनुमन्ते सरसफाइ अभियानले देशभरि सन्देश दिने बताए । उनले भने, ‘म एकछिनपछि बालुवाटार जाँदैछु, अनि धादिङ जाँदैछु । एक ठाउँमा भएको विकासको सन्देश अर्काे ठाउँमा पु¥याउन मैले आवश्यक ठानेको छु । तपाईहरुको यो अभियानले पनि देशव्यापी सन्देश दिनुपर्छ ।’ प्रचण्डले नयाँ उर्जाका साथ काम गर्दा समृद्धि टाढा नभएको बताए । उनले भने, ‘हामीले नयाँ उर्जा र उत्साह लिएर जनतामा जानुपर्छ । विकास र समृद्धिको यात्रामा हाम्रो एकता र उर्जा जरुरी छ । हामी सबै त्यसैका लागि लागौं र अघि बढौं ।’ 

कार्यक्रममा कांग्रेसका नेता प्रकाशमान सिंहले विकासका लागि सबै पक्षको सकारात्मक अग्रसरता हुनुपर्ने बताए । उनले सरकारले समृद्धिको यात्राको नेतृत्व गर्नुपर्ने विचार राखेका थिए ।

प्रतिक्रिया दिनुहोस