दाङ । दाङमा दुईवटा यात्रुबहाक बस दुर्घटना हुँदा ४२ जना यात्रु घाइते भएका छन् । शुक्रबार साँझ ४ बजेतिर दंगीशरण गाउँपालिका वडा नं. ७ श्रीगाउँको बोगटीमा दुईवटा यात्रुबहाक बस ठोक्किदा भएको दुर्घटनामा घाइते भएका मध्ये तीन जनाको अबस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
तुलसीपुरबाट पश्चिम जाँदै गरेको रा १ ख १७७० नम्बरको बस र शान्तिनगरको खैरेनीबाट तुलसीपुर आउँदै गरेको ना ८ ख १०१७ नम्बरको बस एकआपसमा ठोक्किदा दुर्घटना भएको हो ।
घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ भने गम्भीर घाईते भएका तीनजनाको थप उपचारका लागि कोहलपुर पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ फागुन २०७५, १८ : ४५
लेखकबाट थप