इरानमा भएको आक्रमणको सयुक्त राष्ट्र संघ सुरक्षा परिषदद्वारा निन्दा

एजेन्सी

शुक्रबार, ०३ फागुन २०७५, १४ : ५८
इरानमा भएको आक्रमणको सयुक्त राष्ट्र संघ सुरक्षा परिषदद्वारा निन्दा

संयुक्त राष्ट्रसंघ । इरानको दक्षिणपश्चिमी प्रान्त सिस्तान र बलुचेस्तानमा गत बुधबाार भएको घृषित र कायरतापूर्ण आत्मघाती आक्रमणको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले कडा शब्दमा निन्दा गरेको छ । यस आक्रमणमा परी कम्तीमा २७ व्यक्तिको मृत्यु हुनको साथै अन्य १३ जना घाइते भएका छन् । 
परिषदका सदस्य राष्ट्रहरुले यस आक्रमणमा ज्यान गुमाएका परिवारका सदस्यहरु र इरान सरकारप्रति सहानुभूति र समवेदना व्यक्त गरेका छन् । यस आक्रमणमा घाइते भएका व्यक्तिहरुको सिघ्र स्वास्थ्य लाभको पनि परिषदका सदस्यहरुले कामना गरेका छ । 
सवै रुपका आतङ्कवादले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको लागि चेतावनी दिने परिषदका सदस्य राष्ट्रहरुले पुष्टि गरेका छन् । इरान इस्लामिक रेभोलुसनरी गार्ड कोर (आइआरजिसी) लक्षित बुधबार यस आत्मघाती आक्रमण भएको थियो । 
इरानी विदेश मन्त्री बदलाको भावनाले विद्रोहीसमूहले यो आक्रमण गरेको बिहीबार बताउनु भएको छ । पाकिस्तानआवद्ध जैस अलआदी सुनी विद्रोही समूहले यस आक्रमणको जिम्मेवारी लिएको छ ।  (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस