काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र हरिपुर नगारपालिका, सर्लाहीबीच हरिपुर नगरपालिकाको आफ्नो सम्पूर्ण बीमाहरु लगायत नगरवासीहरुको भौतिक सम्पत्ती लगायत सम्पूर्ण कृषकहरुको पशु, पन्छी तथा कृषि बीमा लगायत व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक मुनिन्द्र ठाकुर र हरिपुर नगरापालीकाका नगर प्रमुख जमिरुद्धिन मन्सुरले हस्ताक्षर गर्नुभयो । उक्त सम्झौता पश्चात हरिपुर नगरापालिकाको सम्पूर्ण बीमा लगायत नगरवासीहरुले आफ्नो पशु, पन्छी तथा बालिनालीको बीमा ढुक्कसँग आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गर्न सक्नेछन् । नगरापालीकाले आफ्ना नगरबासीहरुको पशुधन, कृषि तथा नगराबासीहरुको दुर्घटना बीमा गराई आफ्ना नगरवासीहरुलाई सदैव ढुक्क भएर आफ्नो व्यावसाय गर्न प्रेरणा हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ फागुन २०७५, १९ : १३
लेखकबाट थप