ओखलढुंगा । अग्नि ग्रुपले महिन्द्रा गाडीहरुका लागि ओखलढुंगामा आधिकारिक नयाँ शो रुमको स्थापना गरेको छ ।
कम्पनीको आधिकारिक शोरुमका रुपमा स्थापित रुम्जाटार अटो मोबाइल्सले यस आसपासका क्षेत्रहरुमा आफ्नो गुणस्तरीय एवं आधिकारिक सेवा प्रदान गर्ने जनाएको छ ।
कम्पनीका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ, १ नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राई, प्रदेश नं १ का सभासद अम्बिरबाबु गुरुङ्ग संयुक्त रुपमा शो रुमको उद्घाटन गरे ।
कम्पनी केवल सवारी बिक्री गर्न तर्फमात्र केन्द्रित नभई ग्राहमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टहरुको सर्वसुलभता तर्फ पनि विशेष ध्यान केन्द्र्रित रहेको कम्पनीका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ बताए ।
हालै स्थापना गरिएको रुम्जाटार अटोमोबाइल्सबाट जेन्यून पार्ट पाइनुका साथै, विक्री एवं विक्री पछिको सेवा प्रदान गरिने शोरुमका प्रबन्ध निर्देशक राज घलेले बताए ।
स्थापना गरिएको शोरुमबाट आफ्ना सम्पूर्ण रेन्जका फोर ह्वील सवारी, सर्भिसिङ्ग तथा जेन्यून स्पेयर पार्ट उपलब्ध हुनेछन् । ओखलढुंगा स्थित नयाँ शोरुम तथा सर्भिस सेन्टरले ओखलढुंगा तथा आसपासका वासिन्दाहरुलाई न्यूनतम मूल्यमा कम्पनीको गुणस्तरीय सेवा तथा सुविधा पाउने विश्वास कम्पनीले लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ माघ २०७५, १९ : ५९
लेखकबाट थप