दोहोरो भिडन्तमा परी कम्तीमा दश माओवादी लडाकू मारिए

एजेन्सी

विहीबार, २४ माघ २०७५, १९ : ४६
दोहोरो भिडन्तमा परी कम्तीमा दश माओवादी लडाकू मारिए

नयाँ दिल्ली ।  मध्य भारतीय राज्य छत्तिसगढमा बिहीबार सरकार सुरक्षा बल र भारतीय माओवादीबीच भएको दोहोरो भिडन्तमा परी कम्तीमा दश माओवादी लडाकू मारिएका छन् । 

छत्तिसगढको प्रान्तीय राजधानी रायपुरबाट ३६५ किलोमिटर ढाटा रहेको भैरामगढमा सो भिडन्त भएको थियो । 
भारतीय विशेष सुरक्षाबलले यस इलाकामा माओवादी लडाकू मुक्त क्षेत्र बनाउनको लागि जारी राखेको कारबाहीको क्रममा सो झडप भएको बताइएको छ ।

झडपको क्रममा १० शव र दश ओटा राइफल फेला परेको र अझै पनि सुरक्षा कारबाही जारी रहेको सरकारी अधिकारीहरु जानकारी दिएका छन् ।  (रासस/सिन्ह्वा) 

प्रतिक्रिया दिनुहोस