अष्ट्रेलियामा भीषण बाढी, वर्षाका कारण जनजीवनमा ठूलो क्षति

एजेन्सी

मंगलबार, २२ माघ २०७५, १९ : २९
अष्ट्रेलियामा भीषण बाढी,  वर्षाका कारण जनजीवनमा ठूलो क्षति

टाउन्सभिल । अष्ट्रेलियामा भीषण बाढी आएको छ । सो बाढीबाट मङ्गलबार मात्र दुई जनाको ज्यान गएको जनाइएको छ । यहाँ केही दिनदेखि अविरल वर्षा भइरहेको छ । वर्षाका कारण यहाँको जनजीवनमा ठूलो क्षति पुगेको बताइएको छ । 

उद्धारकर्मीहरुले टाउन्सभिल क्षेत्रबाट ६५० जना स्थानीयको उद्धार गरेका छन् । सो क्षेत्रका करिब ११ हजार घरपरिवारलाई सहायता जरुरी भएको बताइएको छ । 

उनीहरु बाढीको चपेटामा परेका छन् भने बिजुली, खानेपानी तथा अरु आधारभूत आवश्यकताबाट पनि वन्चित हुन पुगेका बताइएको छ । 

अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले यो शताब्दीकै शक्तिशाली बाढीका कारण देशमा ठूलो क्षति पुगेको बताउनुभएको छ । उहाँले उद्धार र सहायताको काममा खट्न देशका सुरक्षाकर्मी तथा उद्धारकर्मीहरुलाई आग्रह गर्नुभएको छ । 

अष्ट्रेलियाको उत्तरपूर्वी क्षेत्रमा पर्ने यस टाउन्सभिललाई बढी प्रभावित पारेको छ । उक्त क्षेत्रमा अरु केही घन्टासम्म पानीको मात्रा नघट्ने मौसम अधिकारीहरुले जनाएका छन् ।  (रासस/एएफपी) 

प्रतिक्रिया दिनुहोस