बिहारमा रेल दुर्घटना हुँदा सात जनाको मृत्यु

एजेन्सी

आइतबार, २० माघ २०७५, १२ : ४५
बिहारमा रेल दुर्घटना हुँदा सात जनाको मृत्यु

नयाँ दिल्ली । भारतको बिहार राज्यमा पर्ने वैशाली जिल्लाको हाजीपुरस्थित सहदेई बुजुर्ग भन्ने ठाउँमा आइतबार बिहान रेल दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् ।

भारतको जोगबनीबाट दिल्ली जाँदै गरेको सीमाञ्चल एक्सप्रेस रेलका ११ वटा डिब्बा रेलको लिकबाट उछिट्टिएर बाहिर पुगेपछि दुर्घटना भएको हो । समाचार एजेन्सी पीटीआई र एएनआईका अनुसार हाजीपुर–बछवाडा रेल खण्डको महनार र सहदेई स्टेशनको बीच भागमा रेल दुर्घटना भएको हो । रेलको लिक छुट्टिएको कारण दुर्घटना भएको बताइएको छ । प्रहरीले रेलका याुत्रको उद्धार गरेपछि अहिले घाइतेको उपचार भइरहेको छ । रेलमा यात्रा गर्नेहरुमा धेरैजसो यात्री कुम्भस्नानका लागि जानेहरु रहेको बताइएको छ ।

पूर्व मध्य रेलवेका प्रवक्ता राजेश कुमारले सामान्य श्रेणीको एक, वातानुकुलित श्रेणीको एक, शयनयान (स्लीपर) श्रेणीका तीन र अन्य छ वटा डिब्बा रेलको लिकबाट उछिट्टिएका छन् । बिहार रेल दुर्घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदी, रेलमन्त्री पियुष गोयल, बिहारका मुख्यमन्त्री नीतिश कुमार, काँग्रेस आईका अध्यक्ष राहुल गान्धी लगायतले दुःख र समवेदना प्रकट गरेका छन् । यसैबीच, रेल मन्त्रालयले मृतकका परिवारजनलाई पाँच लाख रुपैयाँ र घाइतेहरुलाई ५० हजार रुपैयाँ खर्च उपलब्ध गराउने घोषणा गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस