मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु

विहीबार, १७ माघ २०७५, ०७ : १२
मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–९, शरदपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
गएराती करिब १०ः३० बजेको समयमा  ना ५३ प ९७५२ नम्बर को मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिँदा भरतपुर–४, का २८ बर्षीय मनोज काफ्लेको मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा गभ्भीर घाईते भएका काफ्लेको उपचारका लागि भरतपुर अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्याल चितवनका प्रमुख सुशिलसिंह राठौरले बताउनुभयो।रासस

 

प्रतिक्रिया दिनुहोस