धनि विद्यालयको गरिव नतिजा : सरोकारवालाको चिन्ता

आइतबार, १३ माघ २०७५, ०९ : ०७
धनि विद्यालयको गरिव नतिजा : सरोकारवालाको चिन्ता

– सुमन गैरे

 

चितवन । नारायणगढमा रहेको बालकुमारी माध्यमिक विद्यालयको शनिबार  सम्पन्न ५३ औंं वार्षिकोत्सवमा बोल्ने वक्ताहरुले सामुदायिक विद्यालयको गुणस्तर खस्कदै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

वक्ताहरुको भौतीक पूर्वाधारहरुले सुविधा सम्पन्न आर्थिक रुपमा धनि विद्यालयको शैक्षिक  गुणस्तर निकै कमजोर हुनुमा व्यवस्थापन  समिति र विद्यालय प्रशासनको फितलो व्यवस्थापन भएको टिप्पणी गरेका छन् ।  कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरकी उपप्रमुख पार्वती शाहले विद्यालयमा भएको  राजनितिकरणले गर्दा हिजोको बालकुमारीको इतिहास गुमेको चर्चा गर्दै राजनीतीकरणविरुद्ध अभिभावकले खवरदारी गर्नुपर्ने बताइन् ।

विद्यालय व्यवस्थापन समिति र प्रशासनले व्यक्तिगत स्वार्थलाई त्यागेर सामुदायिक  विद्यालयको  गुणस्तर उकास्न एकजुट हुनुपर्ने कुरामा जोड दिँदै उपप्रमुख शाहले भनिन्, ‘विद्यालय व्यवस्थापन समितिले वहुमतको आडमा विद्यालयमा राजनिति गर्ने दम्म तोड्नु पर्छ ।’ विद्यालयको ५३ औं वर्षमा प्रवेश गर्दा  पनि स्वर्ण महोत्सव मनाउन नसक्नु व्यवस्थापन समितिको कमजोरी भएको टिप्पणी पनि उनले गरिन् ।

कार्यक्रमका विशिष्ठ अतिथि जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख दिपेन्द्र सुवेदिले कुनै समय एसएलसीमा वोर्ड प्रथम र द्धितिय भएको विद्यालयको अहिलेको नतिजा  हेर्दा जिल्लामै ५२ औं स्थानमा आउनुमा व्यवस्थापकीय कमजोरी  भएको बताए ।

दरवन्दी नभएको सुविधाबाट वन्चित विद्यालयको नतिजा अग्रपंक्तीमा देखिँदा सुविधा सम्पन्न विद्यालयको नतिजा खस्दै गएकोमा विद्यालय प्रशासनलाई ईंगित गर्दै उनले भने, ‘२४ वटा दरवन्दी भएको भौतिक र आर्थिक रुपमा सम्पन्न विद्यालयको के गति हो यो ? धनि विद्यालयको गरिव नतिजा ।’

शैक्षीक गुणस्तर र वृद्धि  गर्न शिक्षण सिकाईको शैलीमा परिवर्तन गर्नुपर्ने बताउँदै प्रमुख सुवेदीले शिक्षकको क्षमता विकास र शैक्षीक सामाग्री प्रयोग गरेर शिक्षण गर्नुपर्नेमा जोड दिए ।  
वार्षिकोत्सवमा अभिभावको झीनो उपस्थितिले पनि व्यवस्थापकिय कमजोरी प्रमाणित गरेको चर्चा गर्दै सुवेदिले विद्यालयको विगत र आगतलाई मुल्यांकन गर्ने वेला भएको बताए  ।  
आधारभुत तहमा  कुनै किसिमको शुल्कलिन नहुने  बताउँदै जिल्ला शिक्षा समन्वय इकाई प्रमुख सुवेदिले अंग्रेजी माध्यमको नाममा विधार्थीबाट शुल्क उठाउन नहुने कुरामा जोड दिए । उनले भने, ‘सामुदायिक विद्यालयमा दुई वर्गमा विद्यार्थी हुनु हुँदैन्, अंग्रेजी र नेपाली माध्यम यही वार्षिकोत्सवबाट बालकुमारीले सिक्नुपर्छ ।’

तीन तहका सरकारले शिक्षामा लगानी गरेको अवस्थामा विद्यार्थीबाट एक रुपैयाँ पनि उठाउन नहुने कार्ययोजना बनाउन उनले प्रधानाध्यापकलाई निर्देशन समेत दिए ।
 अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष हरिश्चन्द्र सुवेदिले शैक्षिक गुणस्तर सुधार्न विद्यालय व्यवस्थापन समिति र प्रशासनले ठोस कार्ययोजना ल्याउनु पर्ने बताए ।  वार्षिकोत्सवमा  व्यवस्थापन समितिका केही पदाधिकारी उपस्थित नहुनु सत्तापक्ष र प्रतिपक्ष जस्तो भएको  उनले टिप्पणी गरे ।
नेपाल शिक्षक संघका अध्यक्ष डा। हरिप्रसाद कंडेलले विद्यालयलाई राजनैतिक द्धन्द्धबाट अलग राख्नुपर्ने बताए । नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष कोमलनाथ घिमिरेले  बालकुमारीले हिजोको विरासतलाई कायम राख्न शिक्षक अभिभावकको दुरी कम गर्न व्यवस्थापन समिती एकजुट हुनुपर्ने बताए ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष देशीराम प्रधानले विद्यालयमा आफ्नो मान्छे राख्न जुनसुकै हतकण्डा मचाउन  परेको  बाध्यता  सुनाए । शैक्षीक गुणस्तर सुधार्न हेडमास्टर लाचार भएको टिप्पणी गर्दै अध्यक्ष प्रधानले भने मलाई व्यवस्थापन समितिका साथीहरुले पनि सहयोग गरेका छैनन्  नत विद्यालय प्रशासनले गरेको छ । हेडमास्टरले  भनेको शिक्षकले मान्दैन, हेडमास्टरलाई अधिकार दिएर पनि प्रयोग गर्न सक्दैन । अध्यक्ष प्रधानले भरतपुर महानगर बालकुमारी माविको विरोधमा रहेको आरोप समेत लगाए ।

कार्यक्रममा विद्यालयका प्रधानध्यापक नारायण बहादुर थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । भरतपुर महानगरपालिका २ का अध्यक्ष पूर्णबहादुर श्रेष्ठ, शिक्षक अभिभावक संघका अध्यक्ष उद्योगकुमार पिया, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष  सहनलाल प्रधान र भानु माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  वद्री अधिकारी  लगायतले सो विद्यालयमा  गिर्दो शैक्षिक अवस्था उठाउन  सवै सरोकारवाला पक्ष लाग्नुपर्ने बताए ।

कार्यक्रममा विभिन्न  दाताबाट र खडा गरिएको  करिव १० लाखको अक्षयकोषबाट प्राप्त व्याजबाट विभिन्न तहका विधार्थीलाई छात्रवृत्ति र पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।  कक्षा १२ सम्म संचालित सो विद्यालयमा झण्डै एक हजार ९ सय विधार्थी अध्यनरत छन् ।  आधारभूत र माध्यमिक तहमा भन्दा कक्षा ११ र १२ भन्दा विद्यार्थीहरुको संख्या उल्लेखिय छ । नारायणगढको क्याम्पाचौर, बालकुमारी सब्जी मण्डी र विद्यालय हाता क्षेत्रभित्रको जमिन विद्यालयको नाममा रहेको छ । 

 

 

प्रतिक्रिया दिनुहोस