भारतमा ७० औं गणतन्त्र दिवस मनाइँदै

सफल खबर संवाददाता

शनिबार, १२ माघ २०७५, ०९ : ४७
भारतमा ७० औं गणतन्त्र दिवस मनाइँदै

काठमाडौं । भारतमा आज ७० औं गणतन्त्र दिवस मनाइँदैछ । हरेक वर्ष २६ जनवरीका दिनलाई भारतले गणतन्त्र दिवसको रुपमा मनाउँदै आएको छ  ।

वृटिश साम्राज्यबाट स्वतन्त्र भएर सार्वभौमअधिकार सम्पन्न भारतीय सरकारले नयाँ संविधान जारी गरेको दिनमा भारतभरी तथा विभिन्न देशमा रहेका दूताबासमा यो दिवस मनाउने गरिन्छ ।  सन् १९५० जनवरी २६ मा भारतको संविधान लागू भएको थियो ।

दिवसको अवसर पारेर भारतको राजधानी नयाँ दिल्लीमा विभिन्न कार्यक्रमको आयोजना समेत गरिएको छ । त्यस्तै नेपालस्थित भारतीय दूतावासले पनि विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस