युभेन्टससँग दूरी घटाउँदै नापोली

एजेन्सी

सोमबार, ०७ माघ २०७५, १० : ०६
युभेन्टससँग दूरी घटाउँदै नापोली

एजेन्सी । इटालियन सिरी ए फुटबलको दोस्रो स्थानमा रहेको नापोलीले शीर्ष टोली युभेन्टससँगको अंक दूरी घटाउँदै लगेको छ । 
लिग अन्तर्गत आइतबार राती भएको खेलमा नापोलीले लाजियोलाई २–१ गोलले हरायो । घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा नापोलीलाई जिताउन जोस कलेजोनले ३४औं र अरेक मिलिकले ३७औं मिनेटमा गोल गरेका थिए । 
तीन मिनेटको अन्तरमा दुई गोल खाएपछि जोसिएको लाजियोले ६५औं मिनेटमा एक गोल फर्कायो । लाजियोका सिरो इमोबिलेले गोल गरेका थिए । खेलको ७०औं मिनेटमा लाजियोका फ्रान्सिस्को असर्बी दोहोरो पहेंलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि लाजियो १० खेलाडीमा समेटिएको थियो । त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् ।

जितसँगै नापोलीले २० खेलबाट ४७ अंक बनाएको छ । नापोली शीर्ष स्थानमा रहेको युभेन्टसभन्दा ६ अंकले पछाडी छ । एक खेल कम खेलेको युभेन्टसको ५३ अंक छ । लाजियो ३२ अंकका साथ पाँचौ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस