काठमाडौँ। बालबालिकाको भविष्यलाई बेवास्ता गर्दै संस्थागत विद्यालयका सञ्चालकहरूले आज पनि पठनपाठन गरी बन्दलाई निरन्तरता दिएका छन् । जनकपुरधाम उपमहानगरपालिको निर्देशनविपरीत आज नवौं दिन पनि संस्थागत विद्यालय बन्द भएका छन् ।
शनिबार दुवै पक्षबीच भएको वार्तापछि संस्थागत विद्यालय आजदेखि सञ्चालन गर्न जनकपुरधाम उपमहानगरपालिकाले निर्देशन दिएको थियो ।
सो निर्देशनको पालना नगरेमा कारबाही गर्ने जनकपुरधाम उपमहानगरपालिकाले चेतावनीसमेत दिएको थियो । तर उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान)ले विद्यालय खोल्न दिएको निर्देशनविरुद्ध पठनपाठन ठप्प पारेको छ ।
संस्थागत विद्यालय बन्द नगर्न र विद्यार्थीको पढ्न पाउने अधिकार हनन् नगर्न जनकपुरधाम उपमहानगरले संस्थागत विद्यालय सञ्चालकलाई आग्रह गरेको जनकपुरधाम उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्रलाल कर्णले बताए ।
आन्दोलन गर्न पाउनु अधिकारको कुरा भए पनि आन्दोलनका नाममा विद्यालय नै बन्द गरेर विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न नहुने उनको भनाइ छ । रजिस्ट्रेसन शुल्क र परीक्षा शुल्क मात्रै लिई विद्यार्थी पढाउन नसकिने बताउँदै हिसानले थप अन्य शीर्षकमा शुल्क लिन पाउनुपर्ने माग राख्दै आएको छ ।
विद्यालय सञ्चालन गराउन शिक्षण संस्था सम्बद्ध सङ्गठनसँग पटक-पटक वार्ता गरिए पनि वार्ता निष्कर्ष निस्केपछि बन्दलाई निरन्तरता दिएको संस्थाका धनुषा अध्यक्ष सञ्जीव ठाकुरले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ मंसिर २०८१, १६ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिसोका कारण इटहरीमा विद्यालय बन्द
गौरका सामुदायिक विद्यालयहरू थप ३ दिन बन्द
देशभरका आधाभन्दा बढी सामुदायिक विद्यालयको अवस्था हरिबिजोग
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
अत्यधिक चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
वीरगन्ज महानगर क्षेत्रका विद्यालय तीन दिन बन्द