उच्चशिक्षाबारे बुझाउन ग्लोबल रिचको शैक्षिक मेला

बुधबार, ०२ माघ २०७५, १५ : ५१
उच्चशिक्षाबारे बुझाउन ग्लोबल रिचको शैक्षिक मेला

चितवन । भरतपुर महानगरपालिका ११ की सबिता विकले ग्लोबल रिच एजुकेशन फेयरमा परार्मशका लागि पालो कुर्दै हनुहुन्थ्यो । ईसीयू युनिभर्सिटीको शैक्षिक परार्मशपछि उहाँले लेट्रोबी युनिभर्सिटीको परार्मश लिन पालो कुर्दै गर्नु भएकी विक उच्चशिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने सोचमा हुनुहुन्छ ।
ग्लोबल रिच एण्ड भिजा सर्भिसेस् नारायणगढले आयोजना गरेको एजुकेशन फेयरमा उहाँले उच्च शिक्षापछि भविष्य कस्तो छ ? कोर्स, प्रोसेसिङ कसरी गर्ने ? भन्ने विषयमा युनिभर्सिटीका प्रतिनिधिबाट प्रत्यक्ष कुराकानी गर्दा सबै जिज्ञासाहरु मेटिएको बताउनु भयो । साईन्समा मास्टर्स गर्न अष्टे«लियाको सिड्नी युनिभर्सिटीमा एप्लाई गर्ने इच्छा भएकाले बुझ्नकै लागि फेयरमा आएको उहाँको भनाई थियो ।
भरतपुर ७ कृष्णपुरबाट फेयरमा आउनु भएकी अञ्जिता थापाले भारतको राजीव गान्धी युनिभर्सिटीबाट बिएसी नर्सिङको अध्ययन पूरा गरेर अष्ट्रेलिया जान आईईएलटीएस गर्दै हुनुहुन्छ । नेपालमा मास्टर्स इन नर्सिङ पढ्न सहज नभएको उहाँ बताउनु हुन्छ । “नेपालमा पढेर रोजगारीको अवसर कमै छ” उहाँले भन्नुभयो, “नेपालमा पढ्नको लागि नाम निकाल्न पनि गाह्रो छ । नेपालभन्दा अष्ट्रेलियामा कमाई पनि राम्रो हुन्छ ।” सबै युनिभर्सिटी र कलेजका प्रतिनिधिसँग सोझै परार्मश गर्न पाइने भएकाले फेयरमा सहभागी भएको उहाँको भनाई थियो ।
हेटौँडा उपमहानगरपालिकाका ९ का उप्रान्त पराजुली ब्याचलरमा बिजनेस कोर्स पढ्न अष्ट्रेलियाको मेलबर्न युनिभर्सिटी जान इच्छुक हुनुहुन्छ । आफूले भनेजस्तै युनिभर्सिटी, कोर्स र विषय मिल्यो भने अष्ट्रेलिया जाने सोच भएको बताउनु भयो । उहाँसँगै फेयरमा सहभागी हुन ४ जना साथी हेटौँडादेखि भरतपुर आउनु भएको छ । फेयरमा दुई वटा युनिभर्सिटीका प्रतिनिधिसँग परामर्श भइसकेको र अरु युनिभर्सिटीको बारेमा सोधपुछ गर्न उहाँ लाइनमा बसिरहनु भएको थियो ।
ग्लोबल रिच एण्ड भिजा सर्भिसेस् नारायगढले ६ महिनाको अन्तरालमा एजुकेशन फेयर आयोजना गर्दै आइरहेको छ । उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीको अन्यौल हटाउन फेयर आयोजना गरिएको ग्लोबल रिच एण्ड भिजा सर्भिसेस् नारायगढका प्रबन्धक सुरेश पौडेलले जानकारी दिनुभयो । भरतपुरको होटल गार्डेनमा आयोजना भएको फेयरमा अष्ट्रेलियाका १४ वटा युनिभर्सिटी र ५ वटा कलेजका प्रतिनिधिहरुको उपस्थिति थियो । छात्रावृत्ति, कोर्स, प्रोसेसिङको बारेमा विद्यार्थीलाई सम्बन्धित युनिभर्सिटीका प्रतिनिधिले जानकारी गराउँदा उच्चशिक्षाको वास्ताविक कुराहरु बुझ्न सहज हुने भएकाले फेयर प्रभावकारी हुने पौडेलले बताउनु भयो । अष्ट्रेलियामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीको लागि ग्लोबल रिचले अग्रणी रुपमा काम गरिहको उहाँको दाबी छ । फेयरमा बैंकिङ प्रोसेसको बारेमा नेपालका क वर्गका ५ वटा बैंकहरुले परामर्श दिइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस