चितवन । हरेक सोमबार सरसफाई अभियान सञ्चालन गर्दै आएको भरतपुर महानगरपालिकाले सोमबार बिहान पश्चिम चितवनको पर्साढाप क्षेत्रमा सरसफाई गरेको छ । पर्साढापस्थित शिवालय पार्क र बजार वरपर सफाइ गरिएको हो ।
अभियानमा भरतपुर महानगरपालिकाका प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी, वडा नम्बर २७ का अध्यक्ष गोविन्द तामाङ, वातावरण शाखाका अधिकृत शुशिला रेग्मी, वन शाखा सहायक अधिकृत अञ्जली अधिकारी, सरसफाई सुपरभाइजर अभय तिमिल्सिना, चितवन पर्यटन विकास समितिका महासचिव विश्व सुवेदी, राप्ती तटीय क्षेत्र सरसफाई अभियानका संयोजक अपिल घिमिरे, पर्यटन व्यवसायी विष्णु पौडेल, स्थानीय समाजसेवी, वुद्धिजीवी, टोल विकास संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
सफा र स्वच्छ महानगर निर्माण गर्न यो सचेतनामूलक सरसफाई अभियान सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले बताउनु भयो । आफ्नो क्षेत्रमा आफै क्रियाशील भएर सरसफाई राख्न आग्रह गर्दै उहाँले महानगरका सबै बासिन्दा मिलेमात्र हाम्रो र राम्रो महानगरपालिका बनाउन सकिने बताउनु भयो । सरसफाईका क्रममा धेरैजसो प्लाष्टिकजन्य पदार्थ, गुट्खा तथा जङ्क फूडका खोलहरू, रक्सीका बोतलहरू संकलन गर्ने गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० पुस २०७५, १४ : २८
लेखकबाट थप