मुलुकलाई समृद्धि बनाउने अभियानको नेतृत्व आफूलाई नै प्राप्त हुन्छ : प्रचण्ड

सफल खबर संवाददाता

आइतबार, २९ पुस २०७५, १९ : ००
मुलुकलाई समृद्धि बनाउने अभियानको नेतृत्व आफूलाई नै प्राप्त हुन्छ : प्रचण्ड

तस्विर रासस

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको अपेक्षा अनुसार आगामी १० वर्ष मुलुकलाई नेतृत्व गर्ने अवसर नेपाली जनताले आफूलाई नै दिने बताएका छन् । 

आइतबार काठमाडौँमा आयोजित देशभक्त गणतान्त्रिक सम्मान–२०७५ तथा बाबा बस्नेतद्वारा लिखित खण्डकाव्य सेतो फरिया पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले जनताको अपेक्षा अनुसार आगामी १० वर्ष मुलुकलाई नेतृत्व गर्ने अवसर नेपाली जनताले आफूलाई नै दिने विश्वास गरेका हुन् । 

आफूले जनयुद्धको नेतृत्व गरेको, संविधान निर्माणको नेतृत्व गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले समृद्धिको महाअभियानलाई सफल बनाउन आगामी १० वर्ष नेतृत्व गर्न चाहेको पनि स्पष्ट पारे ।  

कार्यक्रममा अध्यक्ष प्रचण्डले मुलुक समृद्धिको महाअभियानमा अघि बढेको उल्लेख गर्दै त्यसमा साथ दिन पनि सबैलाई आह्वान गरे । देशभक्त गणतान्त्रिक मञ्चले  अझै १० वर्ष सक्रिय राजनीति गरेर मुलुकलाई समृद्ध बनाउने योजना पनि सुनाए । कार्यक्रममा प्रचण्डले बाबा बस्नेतद्धारा लिखित खण्डकाव्य ‘सेतो फरिया’ पनि विमोचन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस